के तपाईंले बजारमा मोबाइल किन्न जादा मोबाइलको मूल्य पछाडी ९९ वा ९९९ राखेको याद गर्नु भएको छ ? जस्तै मोबाइलको मूल्य १८हजार ९९९ रुपैयाँ , २९ हजार९९९ रुपैयाँ र २० हजार ८९९ रुपैयाँ निधारण गरिएको हुन्छ । के तपाईंहरुलाई थाहा छ किन मोबाइल कम्पनीले यसरी मोबाइलको मूल्य निधारण गर्छन ? वास्तवमा यो एउटा बजार रणनीति हो , जसले गर्दा मानिसको थोरै भए पनि कम तिर्न परोस् भने स्वभावलाई सम्बोधन गर्छ । मान्छेले अलिकति भए पनि कम तिर्न परोस् भने स्वभावका हुन्छन् । मान्छेहरु देब्रेबाट पढ्न सुरु गर्छ्न । यसको अर्थ पछाडीको भन्दा अगाडी अंकमा बढी ध्यान दिन्छन् । उदाहरणका लागि १५००० रुपैयाँ भन्दा पनि १४९९९ रुपैयाँमा पहिले नजर जान्छ । ठिक्क १४००० रुपैयाँ राखेको मूल्य र राखेको एक रुपैयाँ मात्र घटाउदा पनि अगाडीको अंकमा आउने परिवर्तनले मान्छेहरु सो सामान जस्तो रहेछ भन्ने मनोबैज्ञानिक असर पार्छ । यहि कारणले गर्दा कम्पनीहरु मुल्यमा अन्तर देखाउन सोही उपाय अपनाउने गर्छन् । वस्तुको मूल्य कम देखाउनको लागि यो एउटा बजार रणनीति हो । एक रुपैयाँ कम भए पनि त्यो ग्राहकका लागि सस्तो हुन्छ, जसले गर्दा ग्राहक त्यो वस्तुमा आकर्षित हुन्छन् । मोबाइलको पछाडी ९९ वा ९९९ मुल्य राख्दा बजारीकरण गर्न सजिलो हुन्छ ।
