१३ औं साफ च्याम्पियन माल्दिभ्समा हुने

 



 १३ औं  संस्कर्ण साफ च्याम्पियन फुटबल  मल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समिती सोमबार बसेको बैठकले साफ च्याम्पियन फुटबल मल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । यस अघि बङ्गलादेशमा आयोजना गर्ने तय भएको थियो । कोरोनाको कारणले बाङ्गलादेश आयोजना नगर्ने जनाएको थियो ।  साफ च्याम्पियन अक्टोबर १ देखि १३ गते सम्म चल्नेछ ।