सबैलाई प्रेम गर, थोरैलाई बिश्वास गर र कसैलाई हानी नगर - सेक्सपियर
JkkhadkaMay 28, 2023
-सेक्सपियर
१. साचो प्रेमको चरण कहिल्यै पनि मुलायमसंग हिडेको छैन । २. कायरहरु मर्नुभन्दा पहिल्यै पटक पटक मरिसकेका हुन्छन् । ३. निर्भीक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्छन् । ४. सबैलाई प्रेम गर, थोरैलाई बिश्वास गर र कसैलाई हानी नगर । ५. यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ। ६. थोरै बोल, धेरै सुन । ७. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपर हो । ८. हामी को हौं, त्यो हामीलाई थाहा छ तर हामी के बन्न सक्छौ त्यो थाहा छैन । ९. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ । १०. प्रेम अन्धो हुन्छ। ११. जसले तिमी प्रती माया देखाउदैन , उसले तिमिलाई माया गर्दैनन् । १२. सत्य बस्तुत अन्त्यसम्म नै सत्य रहन्छ । १३. आफ्नो प्रेम त्यसकोलागि खेर नफाल, जसले यसको मुल्य बुझ्दैन । १४. मैले धेरै राजाहरु दुखी देखेको छु र धेरै जुत्ता सिलाउनेहरुलाई खुसी देखेको छु , खुसी हुन धन र वैभव चाहिदैन । १५. कुराकानी प्रिय होस, बनावटी नहोस, स्वोच्छन्द होस तर अश्र्लिन नहोस, विद्वतापुर्ण होस तर दम्भयुक्त नहोस, अनौठो होस तर असत्य नहोस । १६. प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ। १७. मलाई माया गर या घृणा दुबै मेरो पक्षमा छ्न। यदि मलाई माया गर्छौ भने म सधै तिम्रो हृदय हुनेछु घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । १८. जो कृत छ उसलाई अकृत बनाउन सकिदैन । १९. प्रेमलाई आँखाले हैन मनले देखिन्छ।