पुरानो जण्डिस र मधुमेहको निको पार्ने वनस्पती - पानी अमला
JkkhadkaAugust 18, 2021
जण्डिस निको पार्ने वनस्पती - पानी अमला
विभिन्न रोगका औषधी हाम्रै वरिपरि हुन्छन् । गाउँ घरमा हुने यस्ता औषधी हामीले पहिचान गर्न भने सकेका हुदैनौ भने कतिपय थाहा हुदा हुँदै पनि प्रयोग गर्ने तरिका नजानेर त्यतिकै खेर गैइरहेका छन। कतिपय त कौडीको मुल्यमा बेचेर त्यसबाट बनेको औषधी किन्न महँगो मूल्य तिर्न तत्पर छौ। यस्ता जडिबुटीको बारेमा राम्रो ज्ञान भएको खण्डमा हाम्रै गाउँ घरमा पाइने जडिबुटीबाट लाभ लिन सकिन्छ । आज हामीले हाम्रै गाउँ घरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौ । हामीलाई अमलाको बारेमा त थाहा छ तर पानी अमलाको बारेमा थाहा छैन । पानी अमला औषधीय गुण भएको वनस्पती हो। पानी अमलाको बारेमा कुरा गर्दा खेरी कतिपयको मनमा पानी अमला नि हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ । पानी अमला जंगलमा पाइने एक वनस्पती हो। जंगलमा पाइने एक प्रकारको झार जसको जमिनमुनि फलेको दाना औषधीको रुपमा प्रयोग गरिन्छ । जसलाई पानी अमला अर्थात भुई अमला पनि भने गरिन्छ। यसको प्रयोग पानी अमलाको पुरै भागलाई सुकाएर पिधेको धुलोलाई ७-८ ग्राम मिश्री पानीसंग मिसाएर लगातार १ महिना सम्म खानाले जण्डिस रोग निको हुन्छ । यसको ताजा बोटलाई पिधेर निकालेको रसलाई मिश्री पानीसंग मिलाएर पिउदा पनि हुन्छ । यो मधुमेह रोगका लागि पनि निकै लाभयुक्त मानिन्छ ।