युबालाई बाधेर कुट्ने वडा अध्यक्ष पक्राउ

 

युवा कुट्ने वडा अध्यक्ष पक्राउ 
युवालाई डोरीले बाधेर कुट्ने जाजरकोटको वडा अध्यक्ष पक्राउ परेका छन । पक्राउ पर्नेमा जाजरकोटका जुनिचादे गाउपालिका वडा न. २ का वडाअध्यक्ष  रामबहादुर नेपाली बिहीबार नेपाल प्रहरीले पक्राउ गरेको छ । उनले साउन १५ गते सर्पे दमाईलाई डोरीले बाधेर कुटेको भिडियो सामाजिक संजालमा निकै नै भाइरल भएको थियो । उक्त भिडियो भाइरल भएपछी नेपाल प्रहरीले पक्राउ गरेको हो । सोधपुछको लागि उहालाई सदरमुकाम ल्याइएको प्रहरीले जानकारी दिएको छ । पिडित लाई पनि सदरमुकाम बोलाइएको छ ।                                                                                 पिडितले अहिले सम्म जाहेरी दिएका छैनन् । हामिले पिडितलाई जाहेरी दिन आग्रह गरेका छौ , प्रहरी निरीक्षक खुमानन्द पाण्डे बताएका छन । पाण्डेका अनुसार दोषीलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन ।