दाङमा कुखुराको भाले मरे पछि मालिकले कपाल मुण्डन गर्नुका साथै नुन पनि बारेका छन ।तुल्सिपुर उपमहानगर पालिका -१५ का ४६ बर्षिय शिव सुवेदीले पालेको भाले मरे पछि हिन्दु परम्परा अनुसार भालेको अन्तिम संस्कार गरिएको छ । मैले १९ बर्ष १० महीना पालेको भाले साउन १६ गते मर्यो सुबेदीले भने त्यो खबर थाहा पाए पछि गाउलेहरु जम्मा भए र सबै जनाले मिलेर अन्तिम संस्कार गर्यौ । सुबेदीले भने भालेलाई जलाइ सकेपछि हिन्दु परम्परा अनुसार मैले कपाल पनि काटे । धेरै लामो समयसम्म पालेको भालेलाई आफ्नै परिवारको सदस्य जस्तै मानेर मैले शोक मनाएको सुबेदीले जानकारी दिएका छन । धेरै लामो समय सम्म पालेकोले काटेर खान सुबेदीले सोच्न पनि सकेनन् । भालेको निधन पछि आफुलाई निकै नै दुख लागेकोले हिन्दु परम्परा अनुसार भालेको अन्तिम संस्कार गरेको सुबेदीले बताए । अन्तिम संस्कार गर्दा आफ्नो मात्र नभए र २-३ जना गाउलेको पनि आँसु झरेको सुबेदीले भनेका छन।

