| प्रेरक कथा |
एकदिन राजाले आफ्नो पिजडामा पालेर राखेको सुगालाई भन्छन : सुगा आज म जंगलमा सिकार खेल्न जादैछु, पक्कै पनि तिम्रो बुबा आमा संग भेट हुन्छ होला , भन उनीहरुलाई के कुरा सुनाइदिउ ? यो सुने पछि सुगाले गहभरी आँसु पारी भन्छ , म यो पिजडा देखि मुक्त भएर छिटो भन्दा छिटो बाहिर आउन चाहन्छु । जब राजा जंगलमा पुग्छन् सुगाको बा आमा संग भेट हुन्छ र राजाले सुगाले भनेको सबै कुरा सुनाउछन् । राजाको यस्तो कुरा सुने पछि सुगाको आमाबुबाले सुगालाई छोडिदिनको लागि बिन्ती गर्छन तर राजाले सुगालाई मुक्त गर्न नसक्ने र केही सन्देश भए चाहिँ लगिदिने बताउँछ । राजाको यस्तो कुरा सुने पछि सुगाको दुबै दम्पती बेहोस भएर भुइँमा ढल्छन । लामो समयसम्म होसमा नआए पछि राजा आफ्नो बाटो लाग्छन् । जब राजा जंगलबाट दरबार तिर फर्किन्छ्न तब सुगाले हतारहतार राजालाई सोध्छ : महाराज मेरा मतापिताले मालाई के सन्देश पठाएका छन ? राजाले भन्छन् तिम्रो आमाबाबु कुनै सन्देश पठाउन नै पाएनन् । जब उनीहरुले तिम्रो बारे सबै कुरा थाहा सुने तब उनीहरुले म संग मुक्त गरिदिन भने मैले मुक्त गर्न नसक्ने बताए पछि दुबै जना बेहोस भएर लडे , सायद उनीहरु बेहोस भएर नढलेको भए पकै पनि तिमीलाई केही सन्देश पठाउने थिए होला । तिम्रो आमाबुबाले तिमिलाई धेरै नै माया गर्ने रहेछन् । राजाका यी कुरा सुनेको सुगा तुरुन्तै नै बेहोस भएर लड्छ। राजाले सुगा मरेछ भन्ठानेर पिजडाको ढोका खोलिदिन्छ्न र पानी छर्कन लाग्छन् । सुगाले जब ढोका खोलेको चाल पाउछ तब उडेर रुखको टुप्पोमा गएर बस्छ । अनि राजा तिर फर्किदै भन्छ : देखेउ राजा मेरो बुबाआमाले के सन्देश पठाएका रहेछ्न ? मोरल : "जुन कुरा तिमिलाई अर्थहीन लाग्छ तेहि कुरामा कसैले संसार हल्लाउने आइडिया भेटाउछ।"
