कोभिड १९ भ्याक्सिनका कारण प्रजनन सम्बन्धी समस्या बढी हुने गर्छ र यसले गर्भपतन गराउछ भने कुराको सामाजिक संजालमा निकै नै चर्चा रहेको सुन्न पाहिन्छ । तर यस्तो कुराको कुनै पनि प्रमाण भेटेको छैन । चिकित्सकहरुले गर्भावस्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनु भन्दा अगाडी धेरै नै सोच्ने गर्छन । यहि कारण लामो समय सम्म गर्भवती महिलाका लागि कोरोना भाइरस खोप समेत नजरअन्दाज गरिएको थियो । तर यसमा कुनै सत्यता भने छैन । हामीले केही दाबी भेटेर नै बाहिर आएको हल्ला गलत हो भनेका छौ। बीबीसीकाे एक रिपोर्टमा उल्लेख छ । खोप अन्डाशयमा भण्डारण हुन्छ ? खोप अन्डाशयमा भण्डारण हुन्छ भने कुरा एक जापानी अनुसन्धानको गलत पढाईका कारण सिर्जना भएको हो । इन्जेक्सन दिएको ४८ घण्टा पछि मात्र ०.१ डोज मात्र मान्छेको अन्डाशयमा पाइएको थियो । यसको विपरीत इन्जेक्सन एक घण्टा पछि ५३ प्रतिशत ४८ पछि २५ प्रतिशतमा भ्याक्सिन केबल इन्जेक्सन दिएको ठाउँमा पाइएको छ । यसको अलावा अर्को महत्त्वपूर्ण ठाँउ कलेजो मा ४८ घण्टा पछि १६ प्रतिशत मात्र भेटिएको थियो । जसले शरीरबाट खराब पदार्थ बाहिर निकाल्न मद्दत गर्दछ । खोप बोसोको प्रयोग गरेर बनाइएको हुन्छ । जसमा भाइरसको जेनेटिक पदार्थ सामेल हुन्छ। जसले शरीरको प्रतिरक्षा प्रणाली सक्रिय बनाउछ । वास्तवमा जुन झुट्टा दाबी फैलाइएको छ। यो यहि बोसोको बारेमा हो । खोपले गर्भपतन गराउछ ? सामाजिक संजालमा यस्ता कुरा नि सुन्न पाइन्छ कि गर्भपतनको कुरा उल्लेख गरिएको पोस्ट भ्याक्सिन मनिटरिन स्किमको माध्यमबाट गरिएको थियो। यसमा अमेरिकाको भ्याक्सिन एडवस इक्विट रिपोर्टिङ सिस्टम समेत सामेल छ। खोप लगाइसके पछि जो कोहि व्यक्तिले आफ्नो स्वास्थ अवस्थाको बारेमा रिपोर्ट गर्न सक्छन । जो कोहिले यसको बारेमा रिपोर्ट गर्ने बारेमा सोच्दैन्न । किनकी यो आफैले चयन गर्ने एक प्रकारको डाटाबेस हो । यस डाटाबेसमा गर्भपातको घटना रिपोर्ट गरिएको थियो, तर ती दुर्भाग्यपूर्ण सामान्य घटना थिए । यसको मतलब यो होइन की यो खोपको कारण भएको हो । इम्पेरियल कलेज अफ द लन्डन प्रजनन प्रतिरक्षा बिज्ञ डा. भेक्टोरिया मेल अहिलेको रिपोर्टिङ प्रणालीले भ्याक्सिनबाट हुने ठुलो साइड इफेक्ट पत्ता लगाउन सक्षम रहेको बताउछ्न । यदि तपाईंले खोप लिने मान्छेमा कुनै असमान्या लक्षण भेटाउनुहुन्छ भने यसलाई चेतावनी मान्नुहोस । कतिपयले के दाबी गरेका छ्न भने कोभिड भ्याक्सिन कम सुरक्षीत छ । तर यो तथ्यांकले पुष्टि गरेको छैन ।

